शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिपर र मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु

आइतबार, १० असोज २०७८, २२ : ३०
आइतबार, १० असोज २०७८

जनकपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार जनकपुरधाम स्थित पिडारी चोकमा भएको दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय आनन्द किशोर दासको मृत्यु भएको हो । चालक दासले चलाएको मोटरसाइकल गोलम्बर नजिक सोही दिशाबाट आइरहेको ना ७ ख ४७४१ नम्बरको ट्रिपर मुनी छिरेको धनुषा प्रहरीले जनाएको छ ।

मृतक दासको ठेगाना भने नखुलेको  धनुषाका प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए ।  मोटरसाइकल उल्टो साइडबाट जान खोज्दा ट्रिपरभित्र पसेको रानाभाटले बताए । घटनापश्चात आक्रोशित स्थानीय भीडले टिपरमा आगजनी गरेका छन् ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप