मासिक उपचार खर्च दिने व्यवस्था गरेकोमा दीर्घरोगीले सरकारलाई दिए धन्यवाद
प्रतिस्थापन विधेयकमार्फत सरकारले मासिक उपचार खर्च दिने व्यवस्था गरेपछि दीर्घरोगी खुसी भएका छन् । उनीहरुले आज अर्थमन्त्री जनार्दन शर्मालाई नै भेटेर खुसी व्यक्त गरेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेश गर्दै दीर्घरोगीको उपचारका लागि मासिक भत्ता दिने व्यवस्था गरेका थिए । उक्त व्यवस्थापछि मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्रीलाई भेटेरै धन्यवाद दिएका हुन् ।
भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए । उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन दिए ।
‘आजदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउने बारे छलफल थालेका छौँ’, उनले भने, ‘अब एक÷दुई दिनभित्रै सरोकारवाला निकाय र तपाईँहरूलाई समेत राखेर छलफल गरी कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजान्छौँ । आगामी दिनमा यो सुविधा कसैले काट्न सक्दैन ।’
मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्यूरी भएका व्यक्ति छन् । उनीहरूमा घाइते भएपछि मानसिक विक्षिप्तता आउने र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनस्र्थापना हुन टेवा पुग्ने बताए ।
‘इन्ज्यूरी भएपछि समाज र परिवारको बोझ भएँ भनेर मानसिक रूपमा कमजोर भएकाहरूलाई बलियो बनाउने काम भत्ताले गर्छ’, उनले भने, ‘हाम्रो सुझाव र मागलाई अर्थमन्त्रीज्यूले सम्बोधन गरिदिनुभयो, यसका लागि हाम्रो समूह र मुलुकभर रहनुभएका सम्पूर्ण स्पाइनल कर्ड इन्ज्यूरी भएकाहरूको तर्फबाट धन्यवाद छ ।’
भेटपछि कायान्वयनको पक्षमा आफूहरूको आशंका समेत हटेको बताउँदै अध्यक्ष ढकालले अर्थ मन्त्रीको आश्वासनले आफूहरू हर्षित र सुन्तुष्ट भएको बताए ।
स्पाइनल कर्ड इन्ज्यूरी भएको व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले बताए । उनका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले ५ देखि ८ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत रहेका छन् । बाँकी ४५ प्रतिशतलाई ५ हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ ।
स्पाइनल इन्ज्यूरी भएको बिरामीलाई नियमित रूपमा बउल ब्लाडर, सीवाइसी पाइप, युरिन ब्यागलगायतका सामग्री अवस्थाअनुसार आवश्यक पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण