बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘नाडा अटो शो’ माघ ७ गतेदेखि १२ गतेसम्म हुने

आइतबार, १० असोज २०७८, १८ : ५८
आइतबार, १० असोज २०७८

काठमाडौं । वृहत अटो मेला ‘नाडा अटो शो २०२२’ आगामी माघ ७ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ ।

कोभिड–१९ का कारण दुई वर्ष रोकिन पुगेको अटो शोलाई यस वर्ष माघमा गर्ने गरि नाडाले नयाँ मिति तोकेको हो । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष दसैं तिहारको अवसरमा भदौ–असोजमा अटो शो को आयोजना गर्दै आएको छ । तर, गएको दुई वर्ष भने कोभिडकै कारण अटो शो हुन सकेन ।

यस वर्षका लागि नाडाले पहिलो पटक भदौ २६ गते अटो शोको मिति तोकेको थियो । तर संभव हुन सकेन । तर वातावरण विस्तारै अनुकुलता तर्फ गएकाले अटो शो माघको दोस्रो साता गर्ने गरि नयाँ मिति तोकिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

यद्यपि, माघमा हुने अटो शोले व्यवसायीहरूमा उत्साह र उपभोक्ताहरूमा आकर्षण गर्न सक्छ कि सक्दैन त्यो भने नाडा आफै अन्योल बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप