ओलीले माधव नेपाललाई गरे मच्छडसँग तुलना
आइतबार, १० असोज २०७८, १६ : ३०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भनेर माधव नेपालले दिएको अभिव्यक्तिलाई मच्छडले सपनामा सिंगै हात्ती खाएको सपना सरह भएको बताएका छन् ।
आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपाललाई मच्छडसँग तुलना गरेका हुन् । ‘मच्छडले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो’, अध्यक्ष ओलीको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका माधवकुमार नेपालले शनिबार आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री यामलाल कँडेल : छवि जोगाए पनि जोखिम मोल्न सकेनन्
-
विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले शव बोरामा हालेर गाडेका थिए
-
मुख्यमन्त्रीका रूपमा कँडेलको एक वर्ष व्यर्थ
-
यो सरकारको कार्यसम्पादन राम्रो भएन
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
-
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद