विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा कीर्तिपुरमा निकालियो सम्पदा र्याली
आइतबार, १० असोज २०७८, १४ : ५१
काठमाडौं । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा कीर्तिपुर नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सम्पदा र्याली निकालेको छ ।
कीर्तिपुर नगरपालिकाको आयोजनामा निकालिएको र्यालीमा कीर्तिपुर बासी, नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, नेपाल पर्यटन बोर्डका डा. धनञ्जय रेग्मी, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, मिस नेवा क्रिशा महर्जनको सहभागिता रहेको छ । र्यालीमा बाजागाजा र झाँकी सहित नाचगान गर्दै नगर परिक्रमा गरिएको हो ।
कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा पारेको असरबाट पर्यटन क्षेत्रलाई चलायमान बनाउन सम्पदा र्यालीको आयोजना गरिएको कीर्तिपुर नगरपालिकाका भाषा, संस्कृति तथा पर्यटन संयोजक तथा वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिद्वारा वैद्यको दस्ताबेज अनुमोदन
-
युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने
-
स्थायित्वको माग गर्दै शिक्षक र कर्मचारीद्वारा नेपाल खुला विश्वविद्यालयमा तालाबन्दी
-
प्रभावकारीरुपमा परिणाममूलक काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन