बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देव आनन्दलाई कालो कोटमा देख्दा आत्महत्या गर्दथे महिला, लगाइयो कोट लगाउनै प्रतिबन्ध !

आइतबार, १० असोज २०७८, १४ : ३०
आइतबार, १० असोज २०७८

देव आनन्द बलिउडका सदाबहार नायकमध्ये एक हुन् । उनले आफ्नो समयमा सर्वश्रेष्ठ नायकको उपाधि पाएका थिए । उनको लुक्स र उनको भिन्न शैलीमा मानिस फिदा हुन्थे । विशेषगरी महिलामा उनका लागि पागलपन विशेष थियो । उनको एक झलक पाउनका लागि महिला व्यग्रताका साथ प्रतीक्षा गर्दथे । विशेषगरी जब देव आनन्द सेतो सर्टमा कालो कोट लगाएर बाहिर निस्कँदा उनलाई हेर्न मानिस लाइन लागेर बस्थे । देव आनन्दको कालो कोट निकै चर्चित भएको थियो । उनको कालो कोटको क्रेज यस्तो बढिसकेको थियो कि अदालतले देव आनन्दलाई कालो कोट लगाउन नै बन्देज गरिदियो । आखिर देव आनन्दको कालो कोटमा त्यस्तो के विशेषता थियो जसका कारण उनलाई प्रतिबन्ध नै लगाउनुपर्यो ? देव आनन्दको जन्मदिन (२६ सेप्टेम्बर १९२३) मा उनीबारे यो रोचक किस्सा ।

देव आनन्दलाई बलिउडका फेसन आइकन पनि मानिन्छ । आफ्नो जमानामा उनी आफ्नो फेसनका कारण धेरैजसो चर्चामा छाइरहन्थे । सन् १९५८ मा उनको फिल्म ‘काला पानी’ रिलिज भएको थियो । फिल्ममा उनको लुक असाध्यै रुचाइएको थियो । उनले फिल्ममा सेतो सर्ट र कालो कोट लगाएका थिए । त्यसपछि देव आनन्दको सेतो सर्ट र कालो कोटको पागलपन यति हदसम्म बढेको थियो कि मानिसले उनलाई कपी गरिहाले । महिला उनको यो लुकमा फिदा थिए ।

कालो कोट बन्यो समस्याः

देव आनन्दको यो लुक बिस्तारै समस्या बन्न थाल्यो । देव आनन्दले कालो कोट लगाएर बाहिर निस्किएका बेला उनलाई हेर्न महिलाहरु छतमा उक्लन्थे । नायकलाई देखेनन् भने छतबाट हाम फाल्न पनि पछि पर्दैनथे । भारतीय मिडिया टाइम्स अफ इन्डियामा प्रकाशित एक समाचारका अनुसार देवलाई कालो कोटमा देखेपछि एक महिला यति मुग्ध भइन् कि उनले आत्महत्या नै गरिन् ।

बलिउडमा कुनै सेलिब्रिटीको पहिरनमा अदालतले दखल दिएको यो पहिलो मौका थियो ।

देव आनन्दको मुख्य अभिनेताको रुपमा अन्तिम फिल्म ‘चार्जशीट’ थियो । यतिबेला उनी ८८ वर्ष पुगिसकेका थिए । सन् २०११ डिसेम्बर ४ मा हिन्दी सिनेमा जगतले आफ्नो सबैभन्दा मूल्यवान् कलाकार गुमायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप