बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कागेश्वरी मनोहराबाट जुवा खेलेको आरोपमा ९ जना पक्राउ

आइतबार, १० असोज २०७८, १२ : ४७
आइतबार, १० असोज २०७८

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाढिकबाट प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । खोटाङ खोटिह्याङ गाउँपालिका–८ घर भएका बीरेन तामाङको डेरामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा बीरेन तामाङ लगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप