सकियो करिश्माको प्लस टु परीक्षा, गरिन् ब्याचलरमा भेट्ने बाचा

अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकाएकी छन् । हालै उनले कक्षा १२ को परीक्षा हुन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कक्षा १२ को परीक्षा सकिएको जानकारी दिएकी छन् । प्लस टु पछि करिश्माले अध्ययन अगाडि बढाउलिन् त ? । धेरैमा उब्जिएको प्रश्न हो यो । जसको जवाफ समेत उनले सामाजिक सञ्जालमा कक्षा १२ लाई ‘गुड बाइ’ भन्दै ब्याचलरमा भेट्ने बाचा गर्दै गरेकी छन् ।
करिश्मा सबै व्यवसायिक काम छोडेर गत भदौको अन्तिम साताबाट कक्षा १२ को परीक्षामा होमिएकी थिइन् । नेपाली फिल्म क्षेत्रमा सदावहार सुन्दरीको परिचय बनाएकी उनको परीक्षा केन्द्र किटनी कलेज गोदावरी रहेको थियो । अभिनय, व्यवसायलगायत बिभिन्न काममा ब्यस्त उनले अब परीक्षाको कारण रोकिएका कामहरु अगाडि बढाउनेछिन् । अभिनयको अलवा समाजसेवामा समेत सक्रिय उनले केही अगाडि भने आफुलाई राजनीतिबाट अलग बनाएकी छन् ।
फिल्म ‘सन्तान’ बाट अभिनयमा डेब्यु गरेकी उनी सो समय ८ कक्षामा पढ्दै थिइन् । त्यतिबेला उनको उमेर १४ वर्षको थियो । परिवारको आर्थिक अवस्थाका कारण सो समय उनले पढाई छाडेर अभिनय रोजेकी थिइन् । अभिनय सँगसँगै राजनीतिलाई अगाडि बढाउन तत्कालीन डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी उनलाई आफ्नै पार्टीको एक व्यक्तिले अनपढ भनेपछि उनको मनमा पढ्ने इच्छा जाग्रित भएको थियो ।
त्यसपछि कक्षा ८ मा भर्ना भएर उनले अध्ययन अगाडि बढाएकी हुन् । उनको अध्ययनको उद्देश्य आफ्नो नामको अगाडि डाक्टर लेखाउनु रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयरटेलपछि अम्बानीको जियो र मस्कको स्पेशएक्सबिच भयो सम्झौता
-
नेताको कुकर्मले गणतन्त्र बदनाम भयो : प्रभु साह
-
पूर्वराजाको स्वागत र्यालीमा योगी आदित्यनाथको फोटो बोक्ने राणा भागेर पुगे गोरखपुर
-
राप्रपा सांसदको प्रश्न : राजसंस्था पक्षधरको धक्काले हो मन्त्री गायब भएको ?
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
-
आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण