सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार पक्राउ
आइतबार, १० असोज २०७८, १० : ५९
सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उदयपुर घर भई बसुन्धारा बस्ने राजु पौडेललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
अदालतले उनलाई ११ महिना ८ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । फैसला कार्यान्वयनका लागी उनलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइने एसपी बस्नेतले बताए । ४० वर्षका पौडेल अदालतको फैसलापछि फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प