शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हुवावेका वित्तीय व्यवस्थापक मेङ रिहा

शनिबार, ०९ असोज २०७८, २२ : १०
शनिबार, ०९ असोज २०७८

दुई जना क्यानेडियालीलाई चीनको जेलबाट मुक्त गरिएसँगै हुवावेका प्रमुख आर्थिक व्यवस्थापक मेङ वाङझाउलाई शनिबार वैंकूवरबाट घरतर्फ जान दिइएको छ । यससँगै तीन वर्षदेखि सम्बन्धलाई विषाक्त बनाउँदै आएको तीतो कूटनीतिक लडाईको अन्त्य भएको मानिएको छ । 

मेङ र भूतपूर्व कुटनीतिज्ञ माइकल कोभ्रिग र व्यवसायी माइकल स्पावर पक्राउ परेको तीन वर्षपछि आफ्नो देश फर्कने अनुमति पाएका छन् । आलोचकहरूले उनीहरूको सुरक्षा नियन्त्रणलाई ‘बन्धक कूटनीति’ भनेका छन् । 
चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अरबपति संस्थापक रेन झेङफेईकी ४९ वर्षीया छोरी मेङलाई क्यानाडामा गिरफ्तारीपछि तीन वर्षसम्म एउटा घरमा नजरबन्दमा राखिएकामा वैंकूवरको अदालतको सुनुवाइपछि शनिबार रिहा गरिएको हो ।

उनलाई संयुक्त राज्य अमेरिकाले सुपुर्दगी गर्न भनेपछि उनले आफूले कम्पनी र आफू रहेको मुलुकको कानून अनुसार नै व्यवसायिक गतिविधिमा रहेकोले आफू निःशर्त चीन फर्कन पाउनुपर्ने दावी गर्दै अदालतमा मुद्दा लड्दै आएका थिए ।

अमेरिकी अभियोक्ताहरूले उनीविरुद्ध ठगीको अभियोग निलम्बन गरेर अन्ततः हटाइने सम्झौता गरेको बताएको केही घण्टापछि उनलाई रिहा गरिएको हो । मेङको रिहाइपछि उनी तुरुन्तै चीनको शेन्जेन शहर जाने उडानमा चढेकी थिइन् । सन् २०१८ को डिसेम्बर १ मा अमेरिकी अधिकारीहरूको निर्देशनमा वैंकूवरको अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी गिरफ्तार भएदेखि पहिलोपटक चीन फर्किएकी हुन् ।

यसैबीच, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मेङको पक्राउको बदलामा पक्राउ परेका दुई क्यानेडियालीहरूले चिनियाँ हवाई आकाश काटिसकेका र घर फर्कंदै गरेको जानकारी गराएका छन् । ट्रुडोले ओटावामा भएको प्रेस सम्मेलनमा भने, “‘पत्याउनै नसकिने कठोर अनुभव’ उहाँहरूले सामना गर्नुपर्यो, उहाँहरूको विमान शनिबार क्यानाडामा अवतरण हुने आशा गरिएको छ ।”

अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उनीहरूलाई ‘दुई माइकल्स’ को संज्ञा दिएका थिए । ओटावाले जासुसी गरेको आरोपमा मेङलाई पक्राउ गरेको केही दिनपछि ती क्यानेडियाली नागरिकलाई चीनमा पक्राउ गरिएको थियो । 

बेइजिङले मेङको मुद्दालाई ‘एउटा विशुद्ध राजनैतिक घटना’ बताउँदै आएको थियो ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेनले उनीहरूको रिहाइपछि प्रतिक्रिया दिँदै भने, “अमेरिकी सरकार यस निर्णयलाई स्वागत गर्न अन्तरराष्ट्रिय समुदायको पक्षमा उभिन्छ ।”

चीन जानुअघि संवाददातासँग कुरा गर्दै मेङले भनिन्- “विगत तीन वर्षमा मेरो जीवन उल्टो भएको छ । आमा, पत्नी वा मेरो कम्पनीको वित्तीय अधिकारीको हैसियतमा यो मेरो लागि तनावपूर्ण समय थियो ।” उनले पछि आफ्नो विमानबाट चिनियाँ सामाजिक सञ्जालमा ‘पार्टी र सरकारलाई धन्यवाद’ दिँदै सन्देश पोस्ट गरेकी  छन् । 

यसैबीच चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनिङले शनिबार मेङलाई थुनामा राख्नु ‘एक चिनियाँ नागरिक विरुद्ध राजनैतिक बदलाको भावना’ भएको बताइन् । राज्य प्रसारक सिसिटिभीले चुनिङले मेङ वान्झाउ विरुद्ध लगाइएको ‘ठगी’ आरोप पूरै झुटो भएको उल्लेख गरेको छ । 

यस मुद्दाको समाधानले बेइजिङ, वासिङटन र ओटावाबीचको सम्बन्धमा देखिएको तनाव हट्ने विश्वास गरिएको छ । चीनले अमेरिकालाई आफ्नो एउटा प्रविधिको ‘टाइटन’माथि राजनीतिक आक्रमण गरेको आरोप लगाउँदै आएको छ भने अमेरिकाले हुवावेमाथि प्रविधिमार्फत ठगी गरेको बताउने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप