बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वाग्लाका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

शनिबार, ०९ असोज २०७८, १९ : १८
शनिबार, ०९ असोज २०७८


शनिवार गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्लामा नेकपा एमालेका कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस गाउँपालिका अध्यक्ष तथा सो माओवादी केन्द्रका युवा नेता भुपाल पोखरेलले ७२ जना अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए । त्यस मध्ये दुई चार जना मात्रै नेपाली काङ्ग्रेसबाट पार्टी प्रवेश गरेको अरू सबै नेकपा एमाले परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए । 

उनका अनुसार नेकपा एमाले निकट अनेम संघकी जिल्ला कमिटी सदस्य वासुका घिमिरे, गाउँ कमिटी स्तरका एमाले कार्यकर्ता वासुदेव घिमिरे लगायत प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले छँदा छँदैको दुई तिहाइ बहुमत भएको नेकपा फुटाएको , दुई दुई पटक सांसद विगठन गरेर लोकतन्त्र खोस्न खोजेको र आफ्नै एमाले पार्टी  जोगाउन नसकेर फुटाएको आरोप लगाउँदै उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।  यता नेकपा एमाले धुर्कोट गाउँ कमिटी अध्यक्ष कृष्ण घिमिरेले वासुदेव घिमिरे एमाले कार्यकर्ता भएको तर अरूलाई आफूले नचिनेको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप