नेपाली काँग्रेस : पोखरा महानगरको निर्वाचन सम्पन्न, आजै मतगणना हुने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरका लागि भएको मतदान सम्पन्न भएको छ । पोखरा महानगरपालिकामा १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान सम्पन्न भएकाले आज नै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
पोखरा महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार रहेका छन् । सभापतिको लागि अग्रज पत्रकार गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला, युवा नेता मिलन तिवारी र ज्योति हमाल उम्मेदवार छन् ।
त्यसै गरी २ जना उपसभापतिका लागि ६ जना र २ जना सचिवका लागि ३ जनाको उम्मेदवारी रहेको छ । त्यस्तै २ जना सहसचिवको लागि ६ जनाले उम्मेदवारी दिएका छन् । नगर उपसभापतिको लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम राणा, प्रयागराज भण्डारी, भवसागर बराल ,शिव केसी र राजेन्द्र बरालले उम्मेदवारी दिएका छन् ।
सचिवको लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारीले उम्मेदवारी दिएका छन् । त्यस्तै सहसचिवको लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल,रविन कायस्थ,लक्ष्मी बास्तोला,सञ्जय आले र संघर्ष कोइराला उम्मेदवार बनेका छन् । काँग्रेसको विधान अनुसार कोषाध्यक्ष पदमा मनोनीत गर्ने व्यवस्था रहेको छ ।
कास्कीका पालिकामा समेत आजै बेलुका देखि मतगणना सुरु हुने कास्की काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्