शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘माउन्ट एभरेष्ट फेशन–शो’ ले तोड्यो आफ्नै कीर्तिमान

शनिबार, ०९ असोज २०७८, १७ : ३१
शनिबार, ०९ असोज २०७८

नेपालले सबैभन्दा उचाइमा ‘फेशन–शो’ गर्ने आफ्नै कीर्तिमान तोडेको छ । ‘माउन्ट एभरेष्ट फेशन–शो’को दोस्रो संस्करण सम्पन्न भएसँगै नेपालले आफ्नै कीर्तिमान तोड्दै ‘गिनिज बुक’मा नयाँ कीर्तिमान कायम गरेको हो ।

४७ जना सहभागी फेशन–शो सगरमाथा रिजनको छेउमा रहेको गोक्यो नदीको नजिकै सम्पन्न भएको छ । यो फेशन–शो विश्वकै सबैभन्दा उचाइमा गरिएको फेशन–शो हो ।

यो प्रतियोगितामा सहभागिता जनाउन विभिन्न १० देशका मोडल नेपाल उपस्थित भएका थिए । जसमा इटालीका राजकुमार कोसिमो दे मेडिसी समेत उपस्थित थिए । उनले प्रतियोगितामा नेपाली कपडा शो गरे । सगरमाथा आधार शिविरमा भएको प्रतियोगितामा सहभागीहरू हिउँले ढाकिएको रनवेमा हिँडेको देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप