बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साताको सेयर बजार– ७ अंकले बढेर परिसूचक २८ सय १९ अंक पुग्यो

शनिबार, ०९ असोज २०७८, १६ : ०१
शनिबार, ०९ असोज २०७८

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७.२७ अंकको सुधार आएको छ । साताको चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदै समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकिएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २८ सय १२ अंकमा रोकिएको थियो । यो साताको पहिलो कारोबार दिन असोज ४ गते परिसूचकमा ११४ अंकको गिरावट आएको थियो ।

त्यसपछि असोज ५ गते १३ अंक र ६ गते १०४ अंकको बृद्धि भएको थियो । यस्तै, साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेपछि साताभर ७ अंकको सुधार आउँदै बन्द भएको हो । परिसूचक बढेसँगै नेप्सेको कुल बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।

गतसाता बजार पूँजीकरण ३९ खर्ब ३५ अर्ब रुपैयाँ थियो । यसैगरी, यो साता कारोबार भएका चार दिनमा २९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  यस्तै, यो साता नेप्सेको सेन्सेटिभ इन्डेक्स ४.२४ अंकले बढ्दा फ्लोट इन्डेक्स १.६५ अंकले बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप