शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई सय पर्यटन मजदुरलाई आपत्कालीन रोजगारी

शनिबार, ०९ असोज २०७८, १५ : १२
शनिबार, ०९ असोज २०७८

दुई सय जना पर्यटन मजदुरलाई आपत्कालीन रोजगारीको अवसर दिइएको छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत उक्त सङ्ख्याका श्रमिकलाई रोजगारी दिइएको हो । ट्रेकिङ एजेन्सी एसोसिएसन आफ नेपाल (टान) पश्चिमाञ्चल, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा दुई जना श्रमिकलाई रोजगारी पाएका हुन् ।

कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्र पूर्णरुपमा ठप्प बन्दा आर्थिक सङ्कटमा परेका श्रमिकलाई सहयोग गर्ने गरी यो कार्यक्रमको सुरुवात भएको हो । श्रमिकलाई पदमार्ग निर्माण र सरसफाइको काम लगाइने छ । श्रमिकले दाङसिङ, टाडापानी, बिरेठाँटी र ड्यामसाइड स्तुपा, भूम्दी, पञ्चासे भञ्ज्याङ लगायतका पर्यटकीय स्थल सरसफाइ गर्नेछन् । मजदुरले प्रतिदिन एक हजार रुपैयाँ ज्याला पाउनेछन् । यो कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप