शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा एक किशोरीको शव फेला

शनिबार, ०९ असोज २०७८, १४ : ००
शनिबार, ०९ असोज २०७८

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–७ मा एक किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ । 

शुक्रबार बिहान फुङलिङ नगरपालिका–४ स्थित भानु जन माविमा अध्ययनरत १८ वर्षीया पुष्पा तबेबुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बाल नरसिंह राणाले रातोपाटीलाई बताए ।

बिहीबार साँझ घरबाट हराएकी पुष्पाको शव नजिकै विषको बट्टा समेत फेला परेको डिएसपी राणाले जानकारी दिएका छन् । 

डिएसपी राणाका अनुसार चट्टानमाथि मृतकको झ्याकेट भेटिएको र शव चट्टानमुनि फेला परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप