शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय समिति बैठक : प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

शनिबार, ०९ असोज २०७८, १३ : १०
शनिबार, ०९ असोज २०७८

नेकपा एमालेको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकअघि समूहगत छलफल भैरहेको छ । एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल बैठक स्थलमा आइपुगेका छैनन् ।

शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।  अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ ।

छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर समूहगत छलफल थालिएको छ। ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ।
एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप