बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पालिका अधिवेशनमा सहभागीलाई सभापति देउवाको शुभकामना

शनिबार, ०९ असोज २०७८, १३ : ०८
शनिबार, ०९ असोज २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी शुभकामना दिएका छन् । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारबाट काँग्रेसले पालिकामा सुरु गरेको छ । प्रधानमन्त्री समेत रहेको देउवाले  कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप