कर्णालीमा सञ्चालनमा आयो प्रदेशकै पहिलो बीउ उद्योग
शनिबार, ०९ असोज २०७८, १२ : ४३
![कर्णालीमा सञ्चालनमा आयो प्रदेशकै पहिलो बीउ उद्योग](https://rpcdn.ratopati.com/media/albums/biu_UOB5ddighu.jpg)
सुर्खेतमा कर्णाली प्रदेशको पहिलो बीउ उद्योग स्थापना भएको छ । प्रदेशमा शितल एग्रो बिजनेस प्रालिले कर्णाली सरकारको आर्थिक सहयोगमा बीउ उद्योग स्थापना गरेको हो । एग्रो बिजनेसलाई कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोग गरेको छ । उक्त सहयोगसँगै प्रदेशकै पहिलो बीउ उद्योग स्थापना भएको हो ।
३० लाखको लगानीमा सुरु भएको उद्योगले आफ्ना उत्पादन बजारमा समेत पठाउन सुरु समेत गरिसकेको छ । उद्योगलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब ३ करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । उक्त रकम मुक्तिनाथ विकास बैंकले ४ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने छ ।
उद्योगले विभिन्न कृषि वस्तुका बीउ संकलन गरेर कर्णालीका कृषि समूह, सहकारी र किसानलाई उपलब्ध गराउने छ । कर्णालीमा उत्पादित बीउ बिजनको स्वदेशसँगै विदेशमा समेत उच्च माग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाहेतर सम्बन्धले निम्त्याएको अपराध : चार वर्षमा ३३ जनाको हत्या
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा