बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि ईपीएल, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

शनिबार, ०९ असोज २०७८, ११ : ४४
शनिबार, ०९ असोज २०७८

आज शनिबार (असोज ८) देखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ । ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण आजदेखि सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रिओट् भिड्दै छन् । दुई टोलीबीचको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेल दिउँसो १२ : १५ देखि हुने आयोजकले बताएको छ ।

सिंगल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउनेछ । सिंगल राउण्ड रोबिनपछि क्वालिफायर खेलाइने आयोजकले जानकारी दिएको छ । ईपीएल नेपालको चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता खेल्न पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदी समेत काठमाडौं आएका छन् । उनी काठमाडौं किंग्स इलाभेनमा आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप