शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आश्चर्यलाग्दा परम्परा मान्ने लुओ जनजाति

शनिबार, ०९ असोज २०७८, ११ : २३
शनिबार, ०९ असोज २०७८

संसारभर अहिले पनि फरक–फरक परम्परा अवलम्बन गर्ने जनजातिहरू भेटिइन्छन् । जनजातिहरूको आफ्नै नियम र परम्परा हुन्छन् । केही जनजातिकाहरु आश्चर्य लाग्दा रीतिथिति मान्ने गर्छन् । उनीहरुले अंगाल्ने संस्कारका बारेमा जान्दा जो कोहीलाई आश्चर्य लाग्छ । यस्तै, जनजातिभित्र पर्छन् लुओ जनजाति । यो जनजातिलाई जोनागी/ओनागी पनि भनिन्छ । यो जनजाति उत्तरी युगान्डा र उत्तरी तान्जानीया क्षेत्रमा बसोबास गर्ने गर्छन् । यो जनजाति अनौठो परम्परा र सांस्कृतिक प्रथाका कारण प्रसिद्ध छ । 

शवसँग सुत्ने 
यो जनजातिभित्र मृत्यु भएका पतिसँग पत्नीले एक रात बिताउनुपर्ने प्रचलन रहेको छ । पतिको अन्तिम संस्कार गर्नुअघि शवसँग एउटै कोठामा सुत्नुपर्ने हुन्छ । एउटै कोठामा सुतेर पतिसँग प्रेम गरेको सपना देखिन्छ भन्ने विश्वास रहेको छ । त्यसपछि उक्त महिला स्वतन्त्र हुन्छिन् र उनी अर्को विवाहका लागि योग्य ठहरिन्छिन् । 

विशेष स्थानमा शारीरिक सम्बन्ध 
लुओ जनजातिहरुको शारीरिक सम्बन्ध विशेष स्थानमा राखिन्छ । यो जनजातिमा झगडाको क्रममा खाना पकाउँदा प्रयोग गरिने छडीले श्रीमतीले श्रीमानलाई कुटपिट गर्न हुँदैन । तर, यदि यस्तो भएमा यसभित्रका सज्जन तथा वृद्धले बनाएको एक अनुष्ठानका अनुसार दुवैलाई एक हर्बल पेय पदार्थ पिलाइन्छ । जसलाई ‘मान्यसी’ भनिन्छ । यसपछि दुईबीचको तनाव कम गर्न शारीरिक सम्बन्ध राख्नुपर्ने हुन्छ ।

यसका साथै, अन्नबाली भित्र्याउने समयमा पनि शारीरिक सम्बन्ध राख्नुपर्ने परम्परा छ । लुओ जनजातिमा विवाह गर्ने प्रथा छ तर अन्नबाली काट्ने समयमा लुओ पुरुषले सबैभन्दा पहिले आफ्नी पहिलो श्रीमतीसँग सम्बन्ध राख्नुपर्ने हुन्छ । अर्को प्रथा अनुसार छोराले बुहारी ल्याएपछि मातापिता एकसाथ बिस्तारामा नसुतेसम्म छोराबुहारी एकसाथ सुत्न सक्दैनन् । यसलाई नवविवाहित जोडीका लागि आशीर्वादको रुपमा लिइन्छ ।

जेठा सन्तानअघि विवाह 
पहिलो सन्तानले विवाह गरेपछि मात्रै पछिका सन्तानले विवाह गर्ने प्रचलन यो जनजातिमा रहँदै आएको छ । युवतीहरू आफ्ना दिदिहरुको विवाह नभइ विवाह गर्न सक्दैनन् । जो युवती आफ्नी दिदिभन्दा पहिले विवाह गर्छिन् उनलाई समाजबाट बहिष्कृत गरिन्छ । जुन युवतीको बेहुला भेट्न गाह्रो हुन्छ ती युवतीलाई जबरजस्ती विवाह गराइन्छ । यो प्रथाको अर्को नकारात्मक पक्ष भनेको विवाह गर्ने इच्छा नहुँदा नहुँदै पनि भाइबहिनीका लागि विवाह गर्नुपर्ने हुन्छ । यदि कुनै कान्छी बहिनीले पहिले विवाह गरेमा दुलाहाको दाइजो उनका पितालाई होइन दुलहा–दुलहीका काका काकीलाई दिनुपर्ने हुन्छ । यस्तै, कान्छो भाइले पहिले विवाह गरेमा कान्छो भाइको श्रीमतीको हातले बनाएको खाना जेठो दाइले खाँदैनन् । साथै, दुवै दाजुभाइ एकसाथ बसेर पनि खान खान सक्दैनन् ।

आत्महत्या गर्नेलाई कोर्रा 
लुओ जनजातिमा आत्महत्या गर्नुलाई जघन्य अपराध मानिन्छ । यसका लागि कडा सजाय पनि दिइन्छ । कोही व्यक्ति झुन्डिएर आत्महत्या गर्छ भने उसलाई भुँइमा राखेर कोर्रा हान्ने चलन रहेको छ । आत्महत्या गर्नेको शव घरबाहिर ‘गुण्डा’ नामको स्थानमा गाडिन्छ । आत्महत्या गर्नेहरुको शवलाई अन्य व्यक्तिहरुको शवभन्दा टाढा राखिन्छ भने शवलाई बाकसमा बन्द गरिन्छ । 

यसका साथै, आत्महत्या गर्नेहरुको शव सोही रात नै गाडिन्छ । उनीहरुको मृत्युमा शोक पनि मनाइँदैन । मृत्युको शोक मनाएमा आत्माले दुःख दिने विश्वास यो जनजातिमा छ । अविवाहित वा सम्बन्धविच्छेद भएकाहरुले आत्महत्या गरेको खण्डमा उनीहरुको शव सानीआमाको घर नजिकै गाड्ने गरिन्छ । ति व्यक्तिहरुलाई ‘मिगोगो’ भनिन्छ ।

खतना अनिवार्य
लुओ जनजातिमा खतना गराउनु अनिवार्य मानिन्छ । जो महिलाले खतना गराएको हुँदैन ति महिलाहरुलाई मजाक बनाइन्छ । खतना नगरी विवाह गर्ने महिलालाई खेतबाट टाढा राखिन्छ । खतना नगरी खेतमा गए बाली बिग्रिने विश्वास गरिन्छ । खतना नगर्ने युवतीहरुले खाना बनाएर खुवाउन सक्दैनन् । भने, खतना नगरेकी महिलासँग विवाह गर्न पनि चाहादैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप