मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

परिसंघले गठन गर्‍यो प्रदेश तथा जिल्ला समन्वय समिति

शनिबार, ०९ असोज २०७८, १० : ५०
शनिबार, ०९ असोज २०७८

नेपाल उद्योग परिसंघले पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन गरेको छ । परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो । परिसंघका राष्ट्रिय परिषद सदस्य आशिष गर्गको सभापतित्वमा पूर्वाधार समिति गठन भएको हो । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा कोअर्डिनेटिङ उपाध्यक्ष छन् ।

समितिले नेपालमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग मिलेर काम गर्नेछ । यसैगरी नेपालमा आवश्यक पूर्वाधार विकासको क्षेत्रमा पैरवी पनि समितिले गर्नेछ । समितिको सदस्यहरूमा अमुन थापा, आनन्द सुवेदी, अनुप उप्रेती, कमल पाण्डे, वर्षा श्रेष्ठ, वसन्तबहादुर चन्द, विद्यावारिधि सिग्देल, गणेश कार्की, गुरुप्रसाद न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, रामकृष्ण खतिवडा, सुधीर मित्तल र ताराप्रसाद पौडेल छन् ।

यसैगरी परिसंघले प्रदेश र जिल्लाहरूमा आफ्नो उपस्थिति बलियो बनाउने र प्रदेश एवं जिल्ला उद्योग परिसंघको भूमिका सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय परिषद सदस्य लक्ष्मीप्रसाद सुवेदीको नेतृत्वमा प्रदेश एवं जिल्ला समन्वय समिति गठन गरेको छ ।

परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी समितिको कोअर्डिनेटिङ उपाध्यक्ष छन् । समितिको सहसभापितमा एजाज आलम रहेका छन् । समितिले प्रदेश एवं जिल्ला तहमा नीतिगत छलफल एवं अन्तरक्रिया गर्ने, प्रदेशहरूमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि कानुन तर्जुमामा पहल गर्ने बताइएको छ ।

समितिको सदस्यहरूमा भीम घिमिरे, नरेश दास, ऋषिराम घिमिरे, विनोदकुमार न्यौपाने, पूर्णप्रसाद आचार्य, हेमविक्रम थापा, ताराप्रसाद पौडेल, सुरजभक्त पौडेल, भेषराज दुवाडी, बाबुराम बोहरा, राजु पौडेल, लेखराज पोखरेल, सुरेशबहादुर श्रेष्ठ र कृष्णप्रसाद शर्मा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप