परराष्ट्रमन्त्री न्युयोर्कमा : शान्ति स्थापनार्थ नेपाललाई उच्चपद सुनिश्चित गर्न आह्वान
परराष्ट्रमन्त्री डा.नारायण खड्काले कुवेतका विदेशमन्त्री डा.अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने सिलसिलामा शनिबार न्युयोर्कमा मन्त्रीद्वयबीच भेटवार्ता भएको हो । भेटका अवसरमा उनीहरुबीच नेपाल–कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रबर्धन लगायतका विषयमा छलफल भएको छ ।
भेटवार्तामा साझा चासो र अन्य विषयमा समेत विचारविमर्श भएको संयुक्त राष्ट्र सङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । आजै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसङ्घको शान्ति कार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा उनीहरुबीच राष्ट्रसङ्घीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसङ्घ बीचको विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान भएको जनाइएको छ ।
नियोगका अनुसार मन्त्री खड्काले शान्ति सेनामा नेपाली फौज बढाउन, नेपाललाई कार्य क्षेत्र र राष्ट्रसङ्घीय प्रधान कार्यालयमा उच्च ओहोदा सुनिश्चित गर्नुपर्ने नेपालको आव्हानलाई पुनः मुखरित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान