रौतहट प्रहरीद्वारा अवैध मदिरा नष्ट

person explore access_timeअसोज ९, २०७८ chat_bubble_outline0

 

रौतहट रौतहटको गरुडामा प्रहरीले सयौँ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रशासन कार्यालय,गरुडा नगरपालिकाका,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय छेउमा ३०० लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने विभिन्न सवारी साधन चेकजाँचको क्रममा प्रहरीले उक्त मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् । दसैँ तिहार नजिकिदै जाँदा रौतहटमा अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणमा वृद्धि भएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।