बैंग्लुरुलाई हराउँदै चेन्नई शीर्ष स्थानमा
आईपीएल–२०२१ को दोस्रो चरणको खेल अन्तरगत शुक्रबार चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हराएको छ । खेलमा बैंग्लुरुले जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा चेन्नईले उक्त लक्ष्य ११ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो । जीतसँगै महेन्द्र सिंह धोनीको टोली पुनः अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
लक्ष्य पछ्याउँदा चेन्नईलाई फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले राम्रो शुरुवात दिलाए । पहिलो विकेटका लागि ७१ रन जोडे । दुवैले क्रमशः ३१ र ३८ रनको योगदान दिए । त्यसपछि ब्याटिङ गर्न आएका मोइन अलीले २३ तथा अम्बाती रायडूले ३२ रनको योगदान दिए । अन्त्यमा सुरेश रैना र कप्तान धोनीले १७ र ११ रन बनाउँदै टोलीलाई जीत दिलाए ।
यूएईको मैदानमा बैंग्लुरुको यो लगातार सातौँ हार हो । आईपीएल १३ का दौरान विराट कोहलीको टोलीले सबै ५ खेल हारेको थियो । हाल टोलीले दुवै खेल हारिसकेको छ । खेलमा बैंग्लुरुको सुरुवात पनि राम्रो रहेको थियो । पहिलो विकेटका लागि कप्तान कोहली र देवदत्त पडिक्कले १११ रनको साझेदारी गरेका थिए ।
एक समय बैंग्लुरुले २ सय रनभन्दा बढी स्कोर खडा गर्छ भन्ने देखिएको थियो । तर, ५३ रनमा विराट आउट भएपछि बैंग्लुरुको मध्यक्रम धर्मरायो । मात्र ४५ रनमा टोलीले ६ विकेट गुमायो । पडिक्कलले सर्वाधिक ७० रनको योगदान दिए । चेन्नईका लागि ड्वेन ब्राभोले ३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना