एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो ।
शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ ।
छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर समूहगत छलफल थालिएको छ। ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ।
उनीहरुले दिएको सुझाव अनुसार तीन वटै प्रतिवेदन परिर्माजनसहित पारित गरिने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । आज विहान ११ बजेदेखि समूहगत छलफल हुने छ । त्यसपछि दिउँसो तीन बजे केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने छ । केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिने उनको भनाइ छ ।
एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न