बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा शनिबार काँग्रेसको पालिका अधिवेशन नहुने, तोकियो नयाँ मिति

शुक्रबार, ०८ असोज २०७८, २२ : ३६
शुक्रबार, ०८ असोज २०७८

नेपाली काँग्रेसले काठमाडौंमा गाउँ तथा नगरपालिकाहरूको अधिवेशन असोज १६ गतेका लागि तोकिएको छ । शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले  शनिबार ६४ जिल्लामा गाउँ तथा नगरपालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । तर, नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति काठमाडौंले असोज १६ गतेका लागि अधिवेशनको मिति तोकेको हो ।

काठमाडौंमा तयारी नपुगेका कारण शनिबारका लागि तोकिएको अधिवेशन १६ असोजमा सारिएको जिल्ला निर्वाचन समितिले जनाएको छ । काँग्रेसले २१ वटा हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै ५६ जिल्लामा दसैँपछि प्रदेश, प्रतिनिधिसभा र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा पनि प्रदेश, प्रतिनिधिसभा र जिल्ला अधिवेशन दसैँपछि हुने हुँदा पालिका अधिवेशन निर्धारित मितिभन्दा एक साता परे सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप