शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार गिरी र सुवेदीलाई ‘पत्रकारिता पुरस्कार–२०२०’

शुक्रबार, ०८ असोज २०७८, २१ : ४६
शुक्रबार, ०८ असोज २०७८

नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना हुने भएको छ । तुलसी मिडियाको आयोजनामा हुन लागेको सो अवार्ड कार्यक्रम असोज १८ गते काठमाडौंको चन्द्रागिरीमा हुने भएको हो । तुलसी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले असोज १८ गते भव्य समारोहबीच म्युजिक अवार्ड आयोजना हुने बताए ।

उक्त अवार्ड समारोहमा नगद राशिसहित दुई पत्रकार सम्मानित हुने भएका छन्। दुई दशक लामो समयदेखि रंग पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार लक्ष्मण सुवेदी र पत्रकार कुबेर गिरीलाई  ‘पत्रकारिता सम्मान–२०२०’ बाट सम्मानित गरिने जानकारी आयोजक पक्षले दिएको छ। 

अवार्डको ३६ वटा विधाको उत्कृष्ट पाँच मनोनयन लकडाउन अघि नै सार्वजनिक गरिएको थियो । नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली सांगीतिक क्षेत्रको चलायमान र क्रियाशीलतालाई यस अवार्डले अझ बढाउने आयोजक पक्षले विश्वास लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप