बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लडाकूलाई तालिबान नेतृत्वको आह्वान- सरकारी अधिकारीलाई दिइएको आम माफीको सम्मान गर

शुक्रबार, ०८ असोज २०७८, २१ : २८
शुक्रबार, ०८ असोज २०७८

तालिबानले बिहीबार आफ्ना लडाकूहरुलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएको आम माफीको सम्मान गर्न र इस्लामिक इमिरेट्सको नयाँ सरकारको बदनाम नगर्न आग्रह गरेको छ । 

अफगानिस्तानको अन्तरिम सरकारका रक्षा मन्त्री मुल्लाह मोहम्मद याकोबले आफ्ना लडाकूहरुलाई सामान्य आम माफीको घोषणा गरिएको र कसैले पनि स्वेच्छाचारी कार्यद्वारा इस्लामिक इमिरेट्स अफ अफगानिस्तान (आईइए) को बदनाम गर्न नहुने बताउनुभएको ‘द खामा प्रेस न्युज एजेन्सी’ले उल्लेख गरेको छ । 

रक्षामन्त्रीले आम माफीलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न र जनतालाई दुर्व्यवहार नगर्न पनि आग्रह गरेका हुन् ।  याकोबले जारी गरेको वक्तव्यमा विभिन्न प्रान्तहरूमा केही तालिवान सदस्यहरूले प्रतिशोध लिएको देखिएको र अघिल्लो सरकारका लागि काम गरेका व्यक्तिहरूको हत्या गरेको उल्लेख गरिएको छ । 

विपक्षी, कर्मचारी प्रशासन तथा अफगान नागरिकमाथि कारबाही गर्ने नीति अफगानिस्तानको नरहेको ‘द खामा प्रेस न्युज’ एजेन्सीले जनाएको छ ।  तालिबान लडाकूहरुलाई लक्षित गरिएको सम्बोधनमा उनले उनले भनेका छन्, मानिसहरूसँग राम्रो व्यवहार गर्नुहोस् ।  आफ्नो मनोमानी कार्यद्वारा अफगानिस्तानको बदनाम नगर्नुहोस् । अनावश्यक फोटो र भिडियोहरू लिन बन्द गर्नुहोस् र आवश्यक नभएसम्म सरकारी कार्यालयमा प्रवेश नगर्नुहोस् ।’

तालिबान समूहका संस्थापक नेताका छोरासमेत रहेका याकोबले भनेका छन्, ‘तालिबानका केही कमान्डरहरूले अफगान भूमिकाको विरोधमा रहेका आफ्नो दर्जा विस्तार गर्न गलत मानिसहरूलाई भर्ती गरेको भन्ने रिपोर्ट आएको छ, यदि आरोप सही ठहरिएमा दोषीहरूलाई सजाय दिइनेछ ।’ केही तालिवान लडाकूहरू रातिसम्म अघिल्लो सरकारका अधिकारीका घरमा पसेर उनीहरुको हत्या र अपहरण गर्दै आएका बिषयलाई सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप