बर्दियामा विवाह गर्छु भन्दै किशोरीको यौन शोषण गर्ने पक्राउ
विवाह गर्ने प्रलोभन देखाउँदै घरमा लगेर झण्डै डेढ महिनासम्म एक किशोरीको यौन शोषण गर्दै आएका बर्दियाका एक युवक प्रहरीद्वारा पक्राउमा परेका छन् । जिल्लाको मधुवन नगरपालिका–१, कुसुम्बा बस्ने २४ वर्षीया सुरेश मगर १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको मुद्दामा पक्राउ परेका हुन् ।
निजले विवाह गर्छु भन्दै साउन २४ गते ती किशोरीलाई घरमा लगेर राख्दै असोज ६ गते सम्म उनको यौन शोषण गरेको र त्यसपछि आफूमाथि यौन शोषण मात्रै गर्न खोजिएको किशोरीले चालपाई अभिभावकसहित जबरजस्ती करणीको मुद्दा दर्ता गरे पछि मगरलाई पक्राउ गरिएको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए । विवाह गर्छु भन्दै कहिले ललाई फकाई यौन शोषण त कहिले कुटपिट धाक धम्की समेत दिने गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको एसपी कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै