माछापुच्छ्रे बैंकको बम्पर अफरः २१ प्रतिशत क्यास ब्याक साथमा अन्य उपहार पनि
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ ।
यो अफर यहि असोज ८ गते देखी १७ गते सम्मका लागि लागु रहने बैंकले जनाएको छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ–कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधि भर अधिकतम २ हजार १०० सम्मको क्यास ब्याक पाउन सकिने बैंकले जनाएको छ । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नेछन् ।
आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सीजीको माइक्रो वेभ ओभन, सामसुङ माइक्रो वेभ ओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेस्टुरेन्टहरुबाट प्रि–गिफ्ट कुपनहरु, ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरू रहेको बैंकले जनाएको छ । यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको हरेक दिन ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिने बैंकले जनाएको छ ।
यसैगरी वर्ल्डलिंकले, कल्पमार्ट, ग्यापु र जिवन साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ । र क्र्याटस टेक्नोलोजीबाट विभिन्न ग्याजेटहरु र दराजबाट खरिद गर्दा ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने