शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि

शुक्रबार, ०८ असोज २०७८, १८ : ४९
शुक्रबार, ०८ असोज २०७८

गण्डकी प्रदेशमा थप ११८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परीक्षण गरिएकामा ११८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ६१ महिला र ५७ जना पुरुष रहेका छन् ।

प्रदेशका ३ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ६४,बागलुङ १, स्याङ्जा ७,पर्वत १, गोरखा १२, लमजुङ २, तनहुँ १६ र नवलपरासी पूर्वमा ४ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८५ हजार ८२ पुगेको छ । 

विगत लामो समय देखि कोरोनाका कारण गण्डकीमा प्रत्येक दिन मृत्यु हुनेको सङ्ख्या उच्च रहे पनि  शुक्रबार भने प्रदेशमा मृतकको सङ्ख्या शून्य रहेको छ । हालसम्म गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३५३ रहेको छ । प्रदेशमा शुक्रबार १४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८२ हजार ४६२ पुगेको छ ।  त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २२७ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप