दसैँमा घर जानेका लागि समायोजित भाडादर नै कायम, कुन गन्तव्यमा कति तिर्नुपर्छ ? (तालिकासहित)
आगामी असोज ११ गतेदेखि दसैँ तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ । करिब ११ लाख यात्रुले उपत्यका छाड्दैछन् । तर, दसैँ तिहारकै लागि उपत्यका छाड्ने र लामो दुरीको यात्रा तय गर्ने अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुहरुले भने समायोजित नयाँ भाडादर नै तिर्नुपर्ने भएको छ ।
पछिल्लो समय गत असार २७ गते सरकारले तीन वर्षपछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको बताएको हो । सोही भाडादर अहिले दसैँ तिहारका लागि घर जाने सबै यात्रुहरूमा लागू हुनेछ ।
सरकारले गत असार २७ गते मन्त्रिपरिषद्बाट निर्णय गर्दै अन्तर प्रदेश यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।
यस्तो छ समायोजित नयाँ भाडादर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपले अब लाफ्टर फर लाइफ मार्फत हँसाउने
-
मेलमिलापको नाममा वैदेशिक रोजगार पीडितहरूमाथि थप पीडा
-
विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’
-
सुदूरपश्चिममा विपत् व्यवस्थापन तयारी : २ लाख ३३ हजार जनसङ्ख्या प्रभावित हुन सक्ने
-
बागमती सरकारबारे केन्द्रको निर्देशन कुर्दै एमाले
-
गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन