बसन्त चौधरीलाई हृदयाघात
शुक्रबार, ०८ असोज २०७८, १६ : ०१
उद्योगपति तथा कवि वसन्त चौधरीलाई हृदयाघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात् हृदयाघात भएको हो । हृदयाघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको पारिवारिक स्रोतले बताएको छ ।
यता, नर्भिक अस्पतालले भने प्रेस विज्ञप्ति जारी गर्दै चौधरीलाई हृदयाघात भएर दुबई गएको समाचार आंशिक सत्य भएको बताएको छ । अध्यक्ष राजेन्द्रबहादुर सिंहले विज्ञप्तिमा भनेका छन्, ‘नर्भिकका संस्थापक वसन्तकुमार चौधरीलाई दुबईमा हृदयाघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यो समाचार ‘पूर्ण रूपमा’ सत्य नभएको जानकारी गराउँदछौँ । उहाँ निजी प्रयोजनका लागि दुबई जानुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?
-
पहलगाम हमलाबारेमा राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
-
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो
-
आईपीएलमा शतक बनाउने चार र अन्तिम समयमा अभागी बनेका यी पाँच ब्याट्सम्यान
-
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव