शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गैँडाको खागसहित काठमाडौँबाट एक जना पक्राउ

शुक्रबार, ०८ असोज २०७८, १५ : ४४
शुक्रबार, ०८ असोज २०७८

काठमाडौं महानगरपालिकाको गौशाला तिलगंगा एरियाबाट संरक्षित वन्यजन्तु गैँडाको खागसहित एक जना युवक पक्राउ परेका छन् । ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग (आखेटोपहार) सहित ललितपुर, ललितपुर महानगरपालिका-६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उक्त वस्तु सहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप