‘कालो कोट’ मा सौगात भिलेन
फिल्म ‘छ माया छपक्कै’ का निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र रोहित अधिकारीको सहकार्यमा नयाँ फिल्म ‘कालो कोट’ बन्ने भएको छ । दसैंपछि छायाँकनका लागि फ्लोरमा निस्कने फिल्मको लेखन प्रदीप भारद्वाजले गर्दैछन् ।
निर्माता मध्येका एक रोहित अधिकारीले फिल्मको कथा राम्रो भएकोले स्क्रिप्ट लेखन कार्य भइरहेको बताए । ‘कथा राम्रो छ । स्क्रिप्ट पनि राम्रो भयो भने छिट्टै फिल्म बन्छ’ अधिकारीले थपे । फिल्म ‘कालो कोट’ को पटकथा लेखक भारद्वाजले नै राखेका हुन् । कथासँग मिल्ने गरेर उनले यो नाम राखेका हुन् । नामअनुसार वकिलहरूको कथालाई फिल्मको विषयवस्तु बनाइएको अनुमान लगाउन सकिन्छ ।
फिल्मका निर्देशक भने अहिले टुङ्गो लागेको छैन । फिल्म सिमोस सुनुवारले निर्देशन गर्ने बजारमा हल्ला चलेको छ । यस विषयमा निर्माण युनिटले पुष्टि गर्न बाँकी रहेको छ । ‘छक्का पञ्जा’ समूहका कलाकारहरुको नै अभिनय रहने फिल्ममा जीतु नेपाल रहने छैनन् ।
‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षबाट दीपा हटाइएपछि जीतुसँग यो टिमको दुरी बढेको छ । फिल्ममा भिलेनको भूमिकामा अभिनेता सौगात मल्ल देखिनेछन् । जसका लागि सौगात मल्लसँग कुरा भइरहेको निर्माण युनिटले जनाएको छ । फिल्ममा तीन अभिनेत्री रहनेछन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्म्दवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म