शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कालो कोट’ मा सौगात भिलेन

शुक्रबार, ०८ असोज २०७८, १४ : १८
शुक्रबार, ०८ असोज २०७८

फिल्म ‘छ माया छपक्कै’ का निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र रोहित अधिकारीको सहकार्यमा नयाँ फिल्म ‘कालो कोट’ बन्ने भएको छ । दसैंपछि छायाँकनका लागि फ्लोरमा निस्कने फिल्मको लेखन प्रदीप भारद्वाजले गर्दैछन् ।

निर्माता मध्येका एक रोहित अधिकारीले फिल्मको कथा राम्रो भएकोले स्क्रिप्ट लेखन कार्य भइरहेको बताए । ‘कथा राम्रो छ । स्क्रिप्ट पनि राम्रो भयो भने छिट्टै फिल्म बन्छ’ अधिकारीले थपे । फिल्म ‘कालो कोट’ को पटकथा लेखक भारद्वाजले नै राखेका हुन् । कथासँग मिल्ने गरेर उनले यो नाम राखेका हुन् । नामअनुसार वकिलहरूको कथालाई फिल्मको विषयवस्तु बनाइएको अनुमान लगाउन सकिन्छ ।

फिल्मका निर्देशक भने अहिले टुङ्गो लागेको छैन । फिल्म सिमोस सुनुवारले निर्देशन गर्ने बजारमा हल्ला चलेको छ । यस विषयमा निर्माण युनिटले पुष्टि गर्न बाँकी रहेको छ ।  ‘छक्का पञ्जा’ समूहका कलाकारहरुको नै अभिनय रहने फिल्ममा जीतु नेपाल रहने छैनन् ।

‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षबाट दीपा हटाइएपछि जीतुसँग यो टिमको दुरी बढेको छ । फिल्ममा भिलेनको भूमिकामा अभिनेता सौगात मल्ल देखिनेछन् । जसका लागि सौगात मल्लसँग कुरा भइरहेको निर्माण युनिटले जनाएको छ । फिल्ममा तीन अभिनेत्री रहनेछन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप