शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शम्भु राईको ‘झिल्के साडी’ सार्वजनिक, नाजिर र अनिताको रोमान्स

शुक्रबार, ०८ असोज २०७८, १३ : ३८
शुक्रबार, ०८ असोज २०७८

वरिष्ठ गायक शम्भु राई र गायिका मेलिना राईले युगल स्वरमा ‘झिल्के साडी’ बोलको गीत ल्याएका छन् । लोक शैलीमा तयार गीतमा शब्द तथा संगीत गायक राईकै समेटिएको छ ।  रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियोमा भने नाजिर हुसेन र अनिता गोलेको अभिनय देख्न सकिन्छ ।

त्रिलोक लामा र राकेशको छायाँकन रहेको भिडियोमा अभि लामाको निर्देशन तथा कोरियोग्राफी रहेको छ । गायक शम्भु राईका यस अगाडि दर्जनौं सुपरहिट गीत आएका छन् । चिठ्ठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता गीत धेरै चर्चित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप