आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ठमेलमा जर्मन नागरिक मृत फेला

शुक्रबार, ०८ असोज २०७८, १२ : २८
शुक्रबार, ०८ असोज २०७८

ठमेलको एक होटलमा जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएका जर्मन नागरिकको नाम डेविड मिटज्याकट रहेको खुलेको छ । ठमेलको विहानी होटलमा मिटज्याकको शव भेटिएपनि विस्तृत जानकारी खुलिनसकेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले जानकारी दिए ।

उनका अनुसार ती नागरिक तीन महिना अघि पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीले जनाएको छ । मृतकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप