बागलुङको ओडारमा भेटियो २५ थान भरुवा बन्दुक
शुक्रबार, ०८ असोज २०७८, ११ : ११

बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको बागलुङका एसपी कृष्ण पल्ली मगरले रातोपाटीलाई बताए ।
तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा बन्दुक फेला परेको थियो । बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको छ ।
बागलुङ प्रहरीले हतियार बरामद गर्ने अभियान चलाएपछि गाउँलेहरु बन्दुक ओडारमा लुकाएको थाहा भएको एसपी कृष्ण पल्लीमगरले बताए । उनले भने– ‘त्यो कुनै सशस्त्र समूहको बन्दुक होइन्, गाउँलेहरुले लुकाएर राखेको बुझिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब गैरबैंकिङ वित्तीय संस्था सम्पत्ति शुद्धीकरणको दायरामा
-
जय शम्भो ! पशुपतिमा मस्त बाबा, तस्बिरहरू
-
महाशिवरात्रिको पूर्वसन्ध्यामा ओली पुगे पशुपति
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरूद्वारा पशुपति दर्शन
-
नो केबलकार पक्षले अहिलेको सरकारी टोलीसँग वार्ता नगर्ने