यो वर्षको मदन पुरस्कार इङनामलाई, जगदम्बाश्री थापालाई
यो वर्षको मदन पुरस्कार लेखक भगिराज इङनामलाई प्रदान गरिने भएको छ । असोज ७ गते बसेको मदन पुरस्कार गुठीको साधारणसभाले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत १७१९–२०२०’ का लागि इङनामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । साधारणसभाले नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका भैरबहादुर थापालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ ।
साधारणसभाले अन्य ९ वटा पुस्तकलाई समेत पुरस्कृत गर्ने सूचीमा छनौट गरेको छ । विसं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोकसंस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘ आधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको थियो ।
२०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो । त्यसयता थुप्रै स्रष्टा र कृतिले सो पुरस्कार प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ