शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकोप्टरबाट ओर्लिएपछि इन्दिरा जोशीलाई प्रेमीको विवाह प्रस्ताव

शुक्रबार, ०८ असोज २०७८, १० : ३२
शुक्रबार, ०८ असोज २०७८

गायिका इन्दिरा जोशीलाई उनका प्रेमीले विवाहको प्रस्ताव राखेका छन् । प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् । इन्दिराले विवाहको प्रस्ताव स्वीकार गरेको बताएकी छिन् । इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । ।

फोटोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ ? र मैले ‘हुन्छ’ भनिदिएँ ।’ यी दुईको भिडियो टिकटकमा निकै चर्चितसमेत भइरहेको छ ।

इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् । उनको डिजाइनमा नेपाली सेलिब्रिटीसमेत सजिने गरेका छन् । नायिका स्वस्तिमा खड्का, ऋचा शर्मा, मिस नेपाल श्रृङ्खला खतिवडा, कार्यक्रम प्रस्तोता सहाना बज्राचार्य, रिमा विश्वकर्मालगायतले शरदको डिजाइन पेश गर्ने गरेका छन् ।  

 ​

तस्बिर साभारः  पाईलट विवेक खड्का, इन्दिरा जोशीको इन्स्टाग्राम अकाउन्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप