बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमिताभ बच्चनले भने, ‘अभिषेक र श्वेता सानो हुँदा उनीहरुसँग बस्न नपाएको कुराले सधैं घोच्छ’

शुक्रबार, ०८ असोज २०७८, १० : ०५
शुक्रबार, ०८ असोज २०७८

बलिउडका महानायक भनिने अमिताभ बच्चनले हालै ‘कौन बनेगा करोडपति–१३’ मा आफ्ना सन्तान अभिषेक बच्चन र श्वेता बच्चन सानो हुँदा उनीहरुसँग समय बिताउन नपाएकोमा अपसोस भएको बताएका छन् । 

अमिताभले नम्रता शाह नामकी सहभागीसँग उनका अभिभावकले उनको प्रत्येक निर्णयमा उनलाई साथ दिएको पनि बताए । उनले कोलकातामा जागिर छोडेर मुम्बई आउन चाहेका बेला अभिभावकले उनलाई सबैभन्दा बढी समर्थन गरेको पनि उनले बताए । 

पिताले गरे समर्थन :
अमिताभले भने, ‘म त कोलकातामा जागिर खाइरहेको थिएँ, कुनै कम्पनीमा । जब यता (मुम्बई) आउन चाहेँ, सुरुमा निवेदन दिँदा अस्वीकार गरियो । त्यसपछि बुवाले ‘यदि कुनै घरमा छिर्नु छ र सबैतिरको झ्याल ढोका बन्द छन् भने भित्ता फोडेर छिर्नुपर्छ’ भन्नुभयो । त्यसपछि हामी भित्ता फोडेर नै मुम्बई पुग्यौं ।’

बच्चासँग समय बिताउन नपाएकोमा अफसोस :
अमिताभले कामका कारण अभिषेक र श्वेताको बाल्यवस्थामा आफू सहभागी हुन नपाएको बताए । उनले भने, ‘मलाई सधैं यसमा दुःख लाग्छ । बिहान जब हामी काममा गइरहेका हुन्थ्यौं, उनीहरु सुतिरहेका हुन्थे । बेलुका कामबाट फर्किँदा पनि उनीहरु सुतिरहेका हुन्थे किनभने हामी अबेर राती घर फर्कन्थ्यौं । त्यतिबेला थोरै कष्ट भयो तर अब सबै समझदार भइसकेका छन् ।’

स्मरण रहोस्, सन् १९७० को दशकमा अमिताभ बलिउडका सबैभन्दा सफल कलाकारमध्ये एक थियो । उनले 'जंजीर', 'दिवार', 'शोले', 'मुकद्दरका सिकंदर' र 'डन' जस्ता हिट फिल्ममा काम गरेका छन् । यति बेला सन् १९७४ मा छोरी श्वेता र सन् १९७६ मा अभिषेक बच्चनको जन्म भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप