बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो केरा खानुहुँदैन ?

शुक्रबार, ०८ असोज २०७८, ०८ : १२
शुक्रबार, ०८ असोज २०७८

केरामा पोटाशियम, फोलेट, कार्बोहाइड्रेट र ट्रिप्टोफ्यान जस्ता पोषक तत्वहरु पाइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । पोषक तत्वले भरिएको केराले कहिले काँही बेफाइदा पनि गर्छ । केरा पकाउने र पाक्ने प्राकृतिक प्रक्रिया हुन्छ । तर, कहिलेकाँही पाकेको केराले शरीरलाई बेफाइदा गर्छ । 

धेरै पाकेको केरा 
स्वास्थ्य विशेषज्ञका अनुसार धेरै पाकेको केरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । धेरै पाकेको केराको बोक्रामा कालो धब्बाहरु आउँछ । यस्तो केरामा स्टार्च कम हुन्छ । जुन चिनीमा परिवर्तन हुन्छ । धेरै पाकेको केरामा चिनीको मात्रा १७.४ ग्राम हुन्छ । भने, हल्का पाकेको केरामा १४.४ ग्राम हुन्छ । 

फाइबर कम भएको केरा 
धेरैभन्दा धेरै पाकेको केरामा फाइबरको मात्रा कम हुन्छ । यसमा जम्मा १.९ ग्राम फाइबर पाइन्छ । भने, हल्का पाकेको केरामा ३.१ ग्राम फाइबर हुन्छ । धेरै पाकेको केरामा भिटामिन ए, भिटामिन बी६, भिटामिन के पनि कम हुन्छ । यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ । 

पहेँलो केरा 
सामान्यतयाः पहेँलो रङको केराले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यस्तो केरा खैरो भइसकेको केराभन्दा सुरक्षित मानिन्छ । यस्तो केरामा सबै प्रकारका पोषक तत्वहरु पूर्ण रुपमा पाइन्छ ।

हरियो केरा 
हरियो केरा अर्थात कम पाकेको केरा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । किनकी यसमा चिनीको मात्रा निकै कम र रेजिस्टेन्ट स्टार्चको मात्रा धेरै हुन्छ । यसको सेवनले छिट्टै भोक लाग्दैन । विशेषगरी तौल कम गर्न चाहाने व्यक्तिहरुका लागि यस्तो केराको सेवन गर्नु उचित हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप