बराबरीमा रोकियो बार्सा, थप दबाबमा कुमन

person explore access_timeअसोज ८, २०७८ chat_bubble_outline0

काडिजसँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाका म्यानेजर रोनाल्ड कुमन थप दबाबमा परेका छन् । फ्रांकी डि योङले खेलको ६५ औँ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोनाले अन्तिम २५ मिनेट १० खेलाडीमा सिमित बनेको थियो । खेलको अन्त्यतिर कुमनले पनि रातो कार्ड पाएका थिए । बार्सिलोनाले ला लिगाका ५ खेलबाट मात्र दुई खेल जित्न सकेको छ । पछिल्लो समय क्लबमा कुमनको भविष्यबारे विभिन्न अड्कलबाजी काट्न थालिएको छ । 

बार्सिलोनाका लागि मेम्फिस डिपाय गोलको सबैभन्दा नजिक पुगेका थिए । उता गोलकिपर मार्क अन्द्रे टेर स्टेगनले खेलको अन्त्यतिर काडिजका थुप्रै प्रहारलाई बचाउ गरेका थिए । अल्भारो नेग्रेडो, साल्भी सान्चेज र एन्थोनी लोजानोको प्रहारलाई बार्साका गोलकिपरले सुन्दर बचाउ गरेका थिए ।

५ खेलमा २ जीत र ३ बराबरीसँग बार्सिलोना ९ अंकसहित लिगको सातौँ स्थानमा सिमित रहेको छ । लिगको शीर्ष स्थानमा रहेको रियल म्याडिडभन्दा बार्सिलोना ७ अंकले पछि रहेको छ । रियलले एक खेल बढी खेलेको छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।