शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनकुटामा युवा विकास केन्द्र स्थापना

बिहीबार, ०७ असोज २०७८, २२ : १२
बिहीबार, ०७ असोज २०७८

सेवा इन्टरनेसनल नेपाल र हिन्दु स्वयंसेवक संघ नेपालले धनकुटामा युवा विकास केन्द्र स्थापना गरेका छन् । सेवा इन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक श्याम पाण्डेले बुधबार केन्द्रको उद्घाटन गरे ।  सेवा इन्टरनेशनल नेपालका सचिव प्रसन्न वैद्यका अनुसार यस केन्द्रले युवाहरुलाई सीपमुलक तालिमहरु प्रदान गर्नेछ ।

युवा विकास केन्द्रले विभिन्न सीपमूलक तालिम, कम्प्युटर सम्बन्धी तालिम, पहाडी क्षेत्रमा कृषि सम्बन्धी तालिम, महिलाहरुका लागि सिलाई कटाई तालिमलगायत विभिन्न तालिमहरु प्रदान गर्ने वैद्यले बताए । 

संघका राष्ट्रिय सह–संघ चालक कल्याणकुमार तिमल्सिनाले सेवा इन्टरनेसनलमा विश्वको ६० वटा देशहरू आबद्ध भएको र ३५ वटा देशमा यस संस्थाले काम गरिरहेको बताए । धनकुटा नगरकी उप–प्रमुख शकुन्तला  बस्नेतले केन्द्र स्थापना गर्दै युवाहरुको सीप विकासमा योगदान गरेकामा आभार व्यक्त गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप