शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गलाक मुवाँथाई फाइट हुने

बिहीबार, ०७ असोज २०७८, २२ : ०८
बिहीबार, ०७ असोज २०७८

राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रालिको संयुक्त आयोजनामा असोज २० गते प्रथम गलाक मुवाँथाई फाइट आयोजना हुने भएको छ । आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले बिहीबार पत्रकार सम्मेलन गरी त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एकदिने प्रतियोगिता हुने जानकारी दिए ।

फाइटअन्तर्गत पुरुषमा ७ र महिलामा १ भीडन्त हुनेछ । प्रत्येक स्पर्धामा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा हुने अध्यक्ष कक्षपतिले जानकारी दिए । कक्षपतिका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौंमै ३ महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट गरिनेछ ।

त्यस्तै, उत्कृष्ट २ खेलाडीलाई गलाकले अनुबन्ध गर्नेछ ।  प्रतियोगितामा केन्द्रीय मुवाँथाई क्लब, गलाक मुवाँथाई क्लब, जिमखाना मुवाँथाई क्लब, गोकर्णेश्वर मुवाँथाई क्लब, सुकेधारा मुवाँथाई क्लब, फ्रेन्डसिप मुवाँथाई क्लब र नेपाल आर्मीका खेलाडीको सहभागिता रहने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप