षड्यन्त्र गरेर मलाई फसाइएको हो : गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन् । उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सँधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदि कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषदमाथि गर्नुपर्ने तर्क गरे ।
उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आफूमाथि अन्याय गरेको धारणा राखे । “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उनले भने । उपसभापति गच्छदारले न्यायालयले न्याय दिने विश्वास व्यक्त गरे । उनले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको बताए ।
जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उनले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल