बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महोत्तरीमा एकै दिन पाँच जनाद्वारा विषादी सेवन

बिहीबार, ०७ असोज २०७८, २० : ३५
बिहीबार, ०७ असोज २०७८

महोत्तरीमा एकै दिन बेग्लाबेग्लै स्थानमा पाँच जनाले विषादी सेवन गरेका छन् । तीमध्ये चार जनाले आत्महत्या प्रयासमा विषादी सेवन गरेका हुन् भने एक बालकले अन्जानमा विषादी सेवन गरेको प्रहरीको भनाइ छ ।

विषादी सेवन गर्नेहरुमा महोत्तरीको भंगहा नगरपालिका–१ का १८ वर्षीय रविनकुमार मण्डल, मटिहानी नगरपालिका–१ का ३० वर्षीय थतमा खातुन, एकडारा गाउँपालिका–४ का २५ वर्षीय रविन्द्र राय, बर्दिबास नगरपालिका–६, चौलिखाका ८ वर्षीय कमलेस राउत र बर्दिबास नगरपालिका–९, पशुपतिनगरका १६ वर्षीय राकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनाए ।

बुधबार साँझ भंगाहाका १८ वर्षीय रविन कुमार मण्डलले घरायसी समस्याका कारण विषादी सेवन गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिकिस्त अवस्थामा उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याइएको र उनको अवस्था सुधार हुँदै गएको छ ।

त्यस्तै, मटिहानीकी ३० वर्षीया थतमा खातुनले घरायसी विवादको कारण विषादी सेवन गरेकी थिइन् । जिल्ला अस्पताल जलेश्वरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एकडाराका २५ वर्षीय रविन्द्र रायले घरायसी समस्याका कारण विषादी सेवन गरेका छन् । जिल्ला अस्पताल जलेश्वरमै उनको उपचार भइरहेको जनाइएको छ ।

बुधबार राति बर्दिबास–६ निवासी लक्ष्मण राउतका छोरा अन्दाजी ८ वर्षीय कमलेस राउतले घरमा राखेको विषादी अन्जानमा सेवन गर्दा सिकिस्त भएको महोत्तरी प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरधामस्थित राम जानकी अस्पतालमा भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै, बिहीबार महोत्तरीको बर्दिबास–९, पशुपतिनगरका १६ वर्षीय राकेशकुमार सिंहले घरायसी समस्याका कारण विषादी सेवन गरेका थिए । उनको उपचार जनकपुरधामस्थित चन्द्रकला अस्पतालमा भइरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप