शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा कटुवा पेस्तोल र गोलीसहित चारजना पक्राउ

बिहीबार, ०७ असोज २०७८, २० : ३३
बिहीबार, ०७ असोज २०७८

रौतहटमा कटुवा पेस्तोल र गोलीसहित ४ जना युवकलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा भगवती गाउँ पालिका २ का २४ वर्षका सञ्जय साह सोनार,सोही वडाका वर्ष २८ का संजिव महतो ,वडा १ का वर्ष १९ का राजेश कुमार चौधरी ,र गढीमाई ६ का दिनेश महरा रहेका छन् ।

जिल्लाको दुर्गाभगवती गाउँपालिका–२, भलोहिया गाउँ घर भएका २४ वर्षीय सञ्जय साह सोनारको घर खानतलासीको क्रममा  एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय  र इलाका प्रहरी कार्यालय गंगापिपरा बाट खटिएको प्रहरीले घर तलासी गरि उक्त हतियार तथा गोली फेला पारेपछि घरधनी र उक्त हतियार लुकाउन सहयोग गर्ने अन्य ३ लाई पक्राउ गरिएको  रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् ।

आरोपीहरू माथि हातहतियार सम्बन्धी मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप